Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

६३ दिनमा सकियो ‘झिँगेदाउ २’को छायाङ्कन

६३ दिनमा सकियो ‘झिँगेदाउ २’को छायाङ्कन

काठमाडौँ : ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘झिँगेदाउ २’को छायाङ्कन बुधबार सम्पन्न भएको छ । ६३ दिनको नियमित छायांकनपछि फिल्मको सम्पूर्ण सुटिङ सकिएको निर्देशक देउजाले जानकारी दिए ।

गत मंसिर अन्तिममा काभ्रेको पनौतीबाट शुभमुहूर्त गर्दै सुरु भएको फिल्मको छायाङ्कन काठमाडौँ, भक्तपुर र साँखुका लगायत थुप्रै स्थानमा गरिएको छ । करिब साढे तीन करोड लगानीमा निर्माण भइरहेको यो फिल्म ब्लकबस्टर ‘झिँगेदाउ’ को सिक्वेल हो । सुरुमा ६० दिनको छायाङ्कन तालिका तय गरिए पनि निर्धारित समयभन्दा ३ दिन बढी लागेको निर्माण पक्षले जनाएको छ ।

फिल्मको कथा अघिल्लो भाग ‘झिँगेदाउ’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुनेछ । आगामी वर्षको दसैँमा रिलिज गर्ने लक्ष्य राखिएको यस फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभयराज बराल र आशिष पुरुष लगायतका कलाकारको अभिनय रहेको छ । कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मको कथा निर्देशक देउजा आफैँले लेखेका हुन् भने पटकथा लेखनमा उनलाई परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट