काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रले कुलेखानी बाँधको जल सतह बढेको बताएको छ।
वर्षाका कारण कुलेखानी बाँधमा जलसतह १५२८.५० मि. पुगेकाले प्रथम चरणको चेतावनी साइरन बजाउन लागिएको छ| थप वर्षा भई जलसतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्थामा थप सूचना र चेतावनीको साइरन बजाइनेछ।
बाँधको तल्लो तटीय क्षेत्रमा खोला किनारबाट टाढा अग्लो सुरक्षित स्थानमा बस्न र देउराली-सिस्नेरी सडकखण्ड प्रयोग गर्दा सुरक्षानिकायसँग समन्वय गर्न भनिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij