चितवन : नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा २०८३ सालको डायरी विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम चैत्र ३० गते सम्पन्न भएको छ।
मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष श्टिकाराम पोखरेल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। साथै मञ्चका पूर्व अध्यक्ष ऋषिराम पौडेल, नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष तथा मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने र बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष त्रिलोचन कडेंल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा अध्यक्ष भट्टजले स्वागत मन्तव्य दिँदै पोल्ट्री व्यवसायको विकास र समृद्धिका लागि सबै पक्षको एकता आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी २०८३ साल उद्योग–व्यवसायका लागि सफल र समृद्धिको वर्ष बन्ने विश्वास व्यक्त गर्नुभयो। मञ्चका पूर्व अध्यक्ष ऋषिराम पौडेलले व्यवसायिक सहकार्य, समन्वय र एकताको आवश्यकता औंल्याउनुभयो।
विशिष्ट अतिथि त्रिलोचन कडेंलले पोल्ट्री क्षेत्रको वर्तमान अवस्था र आगामी सम्भावनाबारे चर्चा गर्दै नयाँ वर्षले हर्ष र उत्साह ल्याओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। प्रमुख अतिथि टिकाराम पोखरेलले पोल्ट्री व्यवसायमा एकता र सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रमको समापन मञ्चका वरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्तकुमार भट्टराईले धन्यवाद ज्ञापन गर्दै गर्नुभयो। कार्यक्रमको सञ्चालन महासचिव ज्ञानबहादुर बिसुरालले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij