Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

नायव सुब्बा ओम बहादुर खाम्चाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

नायव सुब्बा ओम बहादुर खाम्चाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : रुपन्देहीको मालपोत कार्यालय, कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मालपोत कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा खाम्चाले जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्दै उजुरी परेको । 

उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खाम्चालाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको हो । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट