काठमाडौँ : मञ्जु भुसालले निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्ने र बहाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएकी छिन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले असारमा धेरै आयोजनाहरूको म्याद सकिने भएकाले ती काम समयमै सक्न आग्रह गरिन् ।
‘असारमा म्याद सकिने धेरै आयोजनाहरू छन्, यो ठुलो चुनौती हो,’ उनले भनिन् । मन्त्रीले प्रतिबद्धता जनाइसकेको अवस्थामा अब व्यवसायीहरू बहाना नगरी काममा लाग्नुपर्ने उनको भनाइ थियो । देशभरका हजारौँ आयोजना सम्पन्न गर्न व्यवसायी र सरकार दुवै उत्तिकै जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरिन् । निर्माण क्षेत्रमा बहाना गर्ने ट्रेन्ड बसेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने बताइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij