Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

लुदी खोलामा मोटरेबल पुल सञ्चालनमा, मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

लुदी खोलामा मोटरेबल पुल सञ्चालनमा, मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

गोरखा  : शहिद लखन गाउँपालिका–१ बक्राङ भट्टफाँट र गोरखा नगरपालिका–१२ लाई जोड्ने लुदी खोलामाथिको मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय, गोरखाको रु.७ करोड ५९ लाख ३० हजार ८५९ रुपैयाँ ३१ पैसा लागतमा निर्माण गरिएको उक्त पुलको आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।

पुल सञ्चालनमा आएपछि स्याउली बजार हुँदै बक्राङ–मनकामना आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले यस पुलले यातायात, व्यापार, पर्यटन तथा दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

गाउँपालिका अध्यक्ष रमेश बाबु थापामगरले योजना समयमै सम्पन्न गर्न योगदान पुर्‍याउने निर्माण व्यवसायी, योजना निर्माण तथा बजेट विनियोजनमा भूमिका निर्वाह गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सभामुख कृष्ण धिताल, गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाका जनप्रतिनिधि, नारायण लामिछाने, टोपबहादुर आले, भीमबहादुर आलेलगायत स्थानीय समुदायप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट