Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चितवनमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

चितवनमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

चितवन : चितवनको भरतपुर महानगरपालिका–१० स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार साँझ अष्टभुजा पेट्रोल पम्प नजिक रहेको ‘विकल्प खाजा घर’मा जुवा खेल भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। उक्त खाजा घर तनहुँका कमलबहादुर न्यौपानेले सञ्चालन गर्दै आएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार जुवा खालबाट ७१ हजार ५१५ रुपैयाँ नगद बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा  मनोज पौडेल, खाजा घर सञ्चालक कमलबहादुर न्यौपाने, ध्रुव कोइराला, रबिन काफ्ले, सुरेश खनाल, चिरन तिवारी, मनोज सुवेदी, वीरेन्द्र गिरी, नवीन जोशी, अमित कोइराला तथा मोती शर्मा रहेका छन्।

प्रहरीले पक्राउ परेका सबैमाथि जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij