Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन : चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीहरूसँग जानकारी गराएको हो। अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पार्वती’ आगामी भदौ १२ गते शुक्रबारदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउँदैछ। चलचित्रले दिदी–भाइबीचको आत्मीय सम्बन्ध, पारिवारिक माया, संघर्ष तथा सामाजिक विषयलाई भावनात्मक रूपमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा नीता ढुङ्गाना स्वयं मुख्य भूमिकामा रहेकी छन् भने बाल कलाकार तथा गायक अशोक दर्जीले उनको भाइको भूमिका निर्वाह गरेका छन्। चलचित्रमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ। ‘पार्वती’मा अटिजम भएकी दिदी र भाइबीचको माया तथा संघर्षलाई कथाको केन्द्रमा राखिएको छ। फरक विषयवस्तु र भावनात्मक प्रस्तुतिका कारण चलचित्रप्रति दर्शकको चासो बढ्दै गएको निर्माण पक्षको भनाइ छ।

चलचित्रले सबै उमेर समूहका दर्शकलाई लक्षित गर्दै चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेटसमेत प्राप्त गरेको छ। यससँगै परिवारका सबै सदस्यले एकसाथ बसेर चलचित्र हेर्न सक्ने निर्माण पक्षले जनाएको छ। चितवनमा आयोजित पत्रकार भेटघाटमार्फत निर्माण पक्षले चलचित्रलाई माया गरिदिन तथा भदौ १२ गतेदेखि नजिकैको सिनेमा हलमा पुगेर ‘पार्वती’ हेर्न दर्शकलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट