Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

खैरहनी उद्योग वाणिज्य संघद्वारा बाढीपीडितलाई १ लाख ४२ हजार राहत

खैरहनी उद्योग वाणिज्य संघद्वारा बाढीपीडितलाई १ लाख ४२ हजार राहत

खैरहनी : बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उद्योग वाणिज्य संघ खैरहनीले १ लाख ४२ हजार रुपैयाँ सहयोग गरेको छ ।

संघले संकलन गरेको रकम नेपाल उद्योग वाणिज्य महासंघको खातामा जम्मा गरिनेछ । महासंघमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिने संघका कार्यवाहक अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार संघले गरेको यो सहयोग पहिलो चरणको हो । बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई थप राहत उपलब्ध गराउने उद्देश्यले दोस्रो चरणमा समेत सहयोग संकलन तथा वितरण गरिने उनले बताए ।

संघले विपद्का कारण प्रभावित नागरिकको राहत र उद्धारमा आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट