Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नारायणी नदीमा उद्धार अभियान तीव्र, रबरबोट र ड्रोनसहित ७० जना खटिए

नारायणी नदीमा उद्धार अभियान तीव्र, रबरबोट र ड्रोनसहित ७० जना खटिए

चितवन : नारायणी नदीमा बाढीका कारण बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा अभियान तीव्र बनाएका छन्।

खोज तथा उद्धारका लागि रबरबोट र ड्रोनसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका करिब ७० जनाको टोली नदी क्षेत्रमा परिचालन गरिएको छ। टोलीले नारायणी नदीका विभिन्न क्षेत्रमा रबरबोटमार्फत प्रत्यक्ष खोजी गरिरहेको छ भने ड्रोन प्रयोग गरी नदी तथा आसपासका क्षेत्रमा निगरानी बढाएको छ।

बाढीका कारण नदीमा बगेर आएका वा बेपत्ता भएका व्यक्तिहरूको सम्भावित स्थान पहिचान गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको समेत प्रयोग गरिएको प्रहरीले जनाएको छ।

नदीमा पानीको बहाव अझै तीव्र रहेकाले उद्धार टोलीले उच्च सतर्कताका साथ खोजी गरिरहेको छ। सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान गर्दै बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट