Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनमा शव पहिचानका लागि डीएनए नमुना संकलन सुरु

चितवनमा शव पहिचानका लागि डीएनए नमुना संकलन सुरु

चितवन : बाढी तथा प्राकृतिक विपद्का क्रममा फेला परेका शवको पहिचानका लागि चितवनमा आफन्तबाट डीएनए नमुना संकलन कार्य सुरु गरिएको छ। यसका लागि छुट्टै डीएनए नमुना संकलन कक्ष स्थापना गरी आज दिउँसोदेखि नमुना संकलन थालिएको हो।

नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसीको टोली, जिल्ला प्रहरी कार्यालय चितवन तथा प्रदेश प्रयोगशालाका प्राविधिक टोलीले संयुक्त रूपमा आफन्तबाट डीएनए नमुना संकलन गरिरहेका छन्।

शवको समेत डीएनए परीक्षणका लागि आवश्यक नमुना संकलन गरिने भएको छ। आफन्तबाट संकलन गरिएको नमुना र शवबाट संकलित नमुना परीक्षण गरी वैज्ञानिक विधिबाट शवको पहिचान गरिने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले आज दिउँसोदेखि डीएनए नमुना संकलन सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार शव पहिचानमा सहजता ल्याउन तथा आफन्तलाई सही व्यक्तिको शव हस्तान्तरण गर्न डीएनए परीक्षणको प्रक्रिया अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट