रत्ननगर : रत्ननगरको टिकौलीचौरमा असोज ९ गतेबाट प्रथम पञ्चकन्या गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सान रियल स्टेट नेपाल प्रा.लि.मुख्य प्रयोजक रहेको उक्त प्रतियोगिता रत्ननगर १२ स्थित न्यू पञ्तदिप युवा क्लवले आयोजना गरेको हो ।
आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी र उद्देश्यका बारेमा जानकारी गराएको हो । रत्ननगर नगरपालिका संरक्षक, पञ्चकन्या सामुदायिक वन सहसंरक्षक, ११ र १३ नम्बर वडा कार्यालय सहआयोजक रहेको प्रतियोगिताका ८ वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक दिनेश राना मगरले जानकारी दिए ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि सान रियल स्टेटका सञ्चालक युवा व्यवसायी तथा समाजसेवी सन्देश तामाङले आफुले कमाएको केही हिस्सा मानवीय सेवा कार्यमा खर्च गर्दै आएको बताए । विगत लामो समय देखि दिनदु:खीहरुको सेवामा समर्पित गर्दै आएको भन्दै उनले खेलकुदका माध्यमबाट युवाहरुलाई सही दिशा निर्देश गर्नका लागि गोल्डकपमा आफुले सहयोग गरेको बताए ।
अब रत्ननगरको विकासमा क्रियाशिल हुने सोच बनाएको छु उनले भने त्यसका लागि सबैको साथको अपेक्षा गरेको छु । प्रथम पुरस्कार ३ लाख, दोस्रो पुरस्कार १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष किरण थिङले जानकारी दिए । प्रतियोगितामा म्यान अफ दी म्याच हुने खेलाडीलाई ३ हजार, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरलाई १५/१५ हजार रुपैया पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij