काठमाडौँ : काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको विद्युतीय गाडी (इभी) मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले थाहाखबरलाई दिएको जानकारी अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहीको उद्धार गरिएको छ।
काठमाडौँबाट हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको भाडाको इभी आज सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
आज दिउँसो करिब २ बजे दुर्घटना भएको जनाइएको छ। उक्त गाडीमा चालकसहित आठ जना सवार थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij