Logo

Oct 05 2026 | २०८३, आश्विन १९गते

रत्नप्रिय क्लबको अधिवेशनअघि मैत्रीपूर्ण फुटसल

रत्नप्रिय क्लबको अधिवेशनअघि मैत्रीपूर्ण फुटसल

रत्ननगर : रत्नप्रिय क्लबको साधारण सभा तथा अधिवेशनको पूर्वसन्ध्यामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ।क्लबले आपसी भाइचारा, सहकार्य र खेलकुदको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा पत्रकार, जनप्रतिनिधि, आयोजक तथा नगरपालिकाका कर्मचारीका दुई टोली गरी पाँच टोलीको सहभागिता रहेको थियो।प्रतियोगितामा सहभागी टोलीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो। खेलमार्फत विभिन्न क्षेत्रका व्यक्तिबीच सम्बन्ध र सहकार्य थप मजबुत बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।क्लबको साधारण सभा तथा अधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको सहभागीहरूले बताएका छन्

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट