Logo

Oct 05 2026 | २०८३, आश्विन १९गते

पोखरामा पर्यटकलाई हैरान पार्ने ५ जना पक्राउ

पोखरामा पर्यटकलाई हैरान पार्ने ५ जना पक्राउ

पोखरा  : पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई होटल मिलाइदिने भन्दै हैरान बनाउनेहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अनावश्यक हैरानी दिएको आरोपमा ५ जना पक्राउ परेका हुन् ।

कास्की प्रहरीले पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा सञ्चालन गरेको स्वीप अप्रेसनका क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

बस तथा सवारीसाधनबाट झर्ने यात्रु र पर्यटकहरूलाई सस्तोमा होटल मिलाइदिन्छु भन्दै जबरजस्ती झोला तान्ने, होटल जान करकाप गर्ने तथा अनावश्यक हैरानी दिने गरेको प्रहरीले जनाएको छ ।

पोखरामा आउने पाहुनाहरूको सुरक्षा र सहजतालाई मध्यनजर गर्दै पक्राउ गरिएको कास्की प्रहरी सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।


सबै जनामाथि अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको पासवानले बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट