पाल्पा : पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मोटरसाइकल दुर्घटना हुँदा आइतबार एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मीको छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका ४७ वर्षीय नवराज पन्थ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल दिउँसो साढे एक बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल तिनाउ खोलामा खसेको थियो।घटनाको जानकारी पाएलगत्तै प्रहरीचौकी दोभानबाट प्रहरी सहायक निरीक्षकसहित जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतको टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते उनको उद्धार गरी उपचारका लागि प्रहरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो।
उपचारका क्रममा उनको दिउँसो करिब तीन बजे मृत्यु भएको नायब उपरीक्षक भट्टराईले बताए।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij