Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपालका लागि भारतले सुधाकर दलेलालाई राजदूत प्रस्ताव गर्‍यो

नेपालका लागि भारतले सुधाकर दलेलालाई राजदूत प्रस्ताव गर्‍यो

काठमाडौँ  : भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा सुधाकर दलेलालाई पठाउने भएको छ । नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्केपछि उक्त ठाउँमा दलेलालाई प्रस्ताव गरेको हो । 

दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले आफ्नो कूटनीतिक यात्रा इजरायलबाट सुरु गरे । उनले ब्राजिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगहरूमा सेवा गरिसकेका छन् । उनी भुटानमा भारतीय राजदूतका रूपमा पनि थिए । 

हाल उनी विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट