Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाली टोलीको अभ्यास खेलमा ओमान ‘ए’माथि दुई विकेटको जित

नेपाली टोलीको अभ्यास खेलमा ओमान ‘ए’माथि दुई विकेटको जित

काठमाडौँ : आईसीसी विश्व लिग क्रिकेट-२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ।
 
ओमान क्रिकेट एकेडेमी टर्फ-२ मा भएको पहिलो अभ्यसा खेलमा ओमान ‘ए’ ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो। तर अभ्यास खेल भएकाले नेपालले लक्ष्य बढाउने निर्णय गरेसँगै २४० रनको नयाँ लक्ष्य बोकेर ब्याटिङ गरेको थियो। त्यसपछि २४० रनको लक्ष्य नेपालले ४८.२ ओभरमा ८ विकेट गुमाउदै पूरा गर्‍यो।  

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ७२ रनको योगदान दिए । त्यसैगरी आसिफ शेखले ३७, देव खनालले ३४ तथा गुल्शनकुमार झाले ३० रनको योगदान दिए। दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए। 


त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमान ‘ए’ले  ३९.५ ओभरमा सवै विकेट गुमाउँदै १६० रन बनाएको थियो। ओमान ‘ए’का लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए । त्यसैगरी जिक्रिया इस्लामले ३५ तथा सन्जु सजीवले ३४ रन बनाए।

बलिङतर्फ नेपालका लागि नन्दन यादवले तीन तथा करण केसी र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए। त्यस्तै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र शाहब आलमले एक एक विकेट लिए। ओमानमा नेपाल, ओमान र क्यानडा सम्मिलित तीन राष्ट्रले यसै साता आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खला खेल्दैछन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट