Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

भुटानमा शिंताफू हिमताल फुट्यो, भारतको पश्चिम बंगालमा पनि सतर्कता बढाइयो

भुटानमा शिंताफू हिमताल फुट्यो, भारतको पश्चिम बंगालमा पनि सतर्कता बढाइयो

काठमाडौंः भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ। सडक अवरुद्ध भएपछि दुर्गम लाया क्षेत्र भुटानको बाँकी भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ।

उत्तर भुटानको गासा जिल्लामा अवस्थित शिंताफू तालबाट आएको बाढीको पानी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ पुगेको थियो। बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पु¥याएपछि अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकमा सबै प्रकारका यातायातका लागि बन्द गरिएको छ।

भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा तैनाथ सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानीका उपाय अपनाइएको छ। छिमेकी क्षेत्रहरूलाई पनि सतर्क गराइएको छ। घटनामा हालसम्म मानवीय क्षति भएको खबर प्राप्त भएको छैन।

रातिको अँध्यारोका कारण तालबाट बाहिरिएको पानीको परिमाण र बाढीबाट भएको क्षतिको पूर्ण मूल्यांकन हुन सकेको छैन। प्रारम्भिक विवरणले भने बाढीको प्रभाव ठूलो हुन सक्ने देखाएका छन्। यस घटनापछि भारतको पश्चिम बंगालमा पनि सतर्कता बढाइएको छ। वनमन्त्री मनोज कुमार ओरांवले तल्लो तटीय क्षेत्रमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै संकोश नदी किनारका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन्। उनले प्रशासन तथा सम्बन्धित अधिकारीहरूलाई जोखिमयुक्त क्षेत्रका बासिन्दासँग सम्पर्क गर्न र आवश्यक परे सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन निर्देशन दिएका समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट