काठमाडौं : भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ । शुक्रबार भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको उद्धार अवस्थाबारे जानकारी दिएका हुन् ।
सुरुङभित्रको अवस्था जोखिमपूर्ण र जटिल रहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार खोज तथा उद्धारको ११औँ दिन सुरुङको माथिल्लो भागमा रहेको प्रोटेक्सन वर्कमा ढलान भइरहेको स्थानबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो ।
आयोजनामा कोरियन कम्पनीको स्वामित्व तथा कोरियन सब(कन्ट्र्याक्टरमार्फत काम भइरहेको थियो । त्यहाँ नेपाली र भारतीय कामदार कार्यरत थिए । आयोजनाका दुई ठूला कामदार क्याम्प, ड्याम साइट, पावरहाउस र अन्य क्षेत्रमा काम भइरहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij