काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ४० हजार ३१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार २८० रुपैयाँ कायम भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij