Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

लागूऔषधसहित चितवनमा चार जना पक्राउ

लागूऔषधसहित चितवनमा चार जना पक्राउ

चितवन :  चितवन प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बुधबार राति १० बजे इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–१५ बाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ बस्ने २६ वर्षीय नवीन गुरुङ र २६ वर्षीय अमृत गुरुङ रहेका छन् । उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ हजार २ ग्राम, ट्रामाडोलका ३१ क्याप्सुल र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही दिन राति ८ः१५ बजे प्रहरी चौकी कल्याणपुरबाट खटिएको टोलीले भरतपुर महानगरपालिका–४ बाट थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ निवासी १९ वर्षीय कुशल गुरुङ र भरतपुर महानगरपालिका–४ निवासी १९ वर्षीय अभिषेक कुँडेकल रहेका छन् ।

उनीहरूको साथबाट ट्रामाडोलका ६०३ र एनार्गनका ६०३ ट्याब्लेट तथा नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

46c822df-c478-4a43-8771-98f3ec8fedc8.jfif
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij