काठमाडौँ : नेपाल पर्यटन बोर्डले नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्ताराष्ट्रियस्तरमा प्रवर्द्धन अभियानमा ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरलाई सहभागी गराउने भएको छ।
बोर्डले नेपालको पर्यटनका विविध आयामलाई सिर्जनात्मक सामग्रीमार्फत विश्वभर पुर्याउन इच्छुक कन्टेन्ट क्रियटरहरूबाट आवेदन आह्वान गरेको हो। यस पहलअन्तर्गत नेपालको हिमाली भव्यतादेखि ओझेलमा परेका पर्यटकीय गन्तव्य, जीवन्त संस्कृति र मौलिक परम्परालाई दृश्य तथा डिजिटल सामग्रीमार्फत उजागर गरिने लक्ष्य राखिएको छ।
नेपालका असाधारण पर्यटकीय अनुभवलाई भिडियो, तस्बिर तथा अन्य सिर्जनात्मक सामग्रीमा प्रस्तुत गर्न सक्ने प्रतिभालाई यस अभियानमा जोड्ने बोर्डको उद्देश्य छ। यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोग हुनुका साथै नयाँ पुस्ताका कन्टेन्ट क्रियटरहरूलाई नेपालको पर्यटन पहिचान विश्वसामु पुर्याउने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।
इच्छुक ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरले आफ्नो नाम र ठेगाना, सम्पर्क विवरण तथा सामाजिक सञ्जाल प्रोफाइल वा पोर्टफोलियोको लिङ्कसहित ५ नोभेम्बर २०२६ भित्र आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij