Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

डोल्पा कारागार जेलब्रेक गरी भागेका दुई कैदीबन्दी पक्राउ

डोल्पा कारागार जेलब्रेक गरी भागेका दुई कैदीबन्दी पक्राउ

सुर्खेत : शुक्रबार राति डोल्पा जिल्ला कारागारमा सुरुङ खनेर भागेका ८ जना कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले पुनः पक्राउ गर्न सफल भएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी सन्तोषसिंह राठौरका अनुसार, जबर्जस्ती करणी मुद्दाका कैदी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ घर भएका २८ वर्षीय रेशम राना रहेका छन् ।दुई जनालाई मंगलबार बिहान साढे १० बजेतिर आठबिसकोट नगरपालिका–६ दामाचौरस्थितको. खोली बगरबाटदेखि वडा नम्बर ९ राडीतर्फ आउँदै गरेको क.प्र. ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप पक्राउ गरिएको हो ।

‘चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू भाग्न खोजेका रहेछन,’ राठौरले रातोपाटीसँग भने, ‘प्रहरी टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा फरार कैदी रहेछन् ,’पहिचान भएपश्चात उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी चौकी गोतामकोटमा राखिएको उनले बताए ।उनका अनुसार, चौरजहारी बेस क्याम्प रुकुम पश्चिम र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा ५ जनाको प्रहरी टोली कैदीबन्दीहरूको खोजतलासका लागि खटिएको थियो ।

अन्य कैदीबन्दीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट