Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

हत्या आरोपमा चार जना पक्राउ

हत्या आरोपमा चार जना पक्राउ

बुटवल : रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–६ स्थित धानखेतमा ४९ वर्षीया जुबेदा खातुन धोबीको हत्या भएको थियो ।
कोटहीमाई गाउँपालिका ५ स्थित छोटकी मझगावाँमा बस्दै आएकी जुबेदालाई काेदालाे बिँडले प्रहार गरी घाँटीमा हँसियाले काटेर हत्या गरिएको विज्ञप्तिमा उल्लेख छ ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–६ खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, सोही स्थानका २६ वर्षीय मन्जे हरिजन, ३० वर्षीय प्रमोदकुमार कुर्मी र साेही गाउँ पालककाे मर्चवारी बस्ने ३५ वर्षीय धर्मराज यादव रहेका छन् ।

प्रहरीले उनीहरूलाई रुपन्देही जिल्ला अदालतमा पेस गरेकोमा अदालतबाट कात्तिक १६ गते ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप भएको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट