Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न

नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।गृहमन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्ति पत्र हस्तान्तरण गरे। यसअघि गृह सचिवले प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिँदै आइएको थियो। 

आजैको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक केसीलाई प्रहरी महारनिरीक्षकमा पदोन्नति गरेको थियो। 

नवनियुक्त प्रहरी महानिरीक्षक केसीले कम्बोडियाबाट द्वन्द्व रुपान्तरण विषयमा विद्यावारिधि गरेका छन्।

विसं २०३२ साउन २८ गते नुवाकोटमा जन्मनुभएका डा केसी २०५४ चैत २८ गते प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट