Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

दैलेख जिप दुर्घटनाका घाइते एकको मृत्यु, पाँच जनालाई सुर्खेत लगियो

दैलेख जिप दुर्घटनाका घाइते एकको मृत्यु, पाँच जनालाई सुर्खेत लगियो

दैलेख : कालीकोटबाट बिरामी बोकेर उपचारका लागि सुर्खेत लैजाँदै गरेको जिप दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ। कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार बिहान ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको हो। कर्णाली राजमार्गबाट करिब दुई सय मिटर तल खसेर भएको दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षका रने सार्की रहेका छन् । 

दुर्घटनामा सान्नीत्रिवेणी–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्की, २७ वर्षीया जादुकला सार्की, १८ वर्षीय गंग सार्की, सान्नीत्रिवेणी–७ मुम्राका २१ वर्षीय तपेन्द्र सिम्खडा र जिपचालक सान्नीत्रिवेणी–७ का २२ वर्षीय योगेश सिम्खाडा घाइते छन्।घाइतेहरुलाई प्रहरी चौकी तल्लोडुंगेश्वरले उपचारका लागि सुर्खेत पठाएको छ । बोलेरो जिप अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरी चौकी तल्लो डुंगेश्वरका प्रहरी सहायक निरीक्षक ललित रावलले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट