Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नगदेश भैरवको जात्रा सम्पन्न (फाटाे फिचर)

नगदेश भैरवको जात्रा सम्पन्न (फाटाे फिचर)

काठमाडौँ :  १२ वर्षपछि पुनर्जीवित भएको नगदेश भैरवको जात्रा सम्पन्न भएको छ । गएको सोमबारदेखि सुरु भएको जात्रा बिहीबार राति नगदेश परिक्रमापछि सम्पन्न भएको हो ।

तान्त्रिक तथा नेवार परम्परामा आधारित सांस्कृतिक नाचमा ज्यापुंगचा, न्हापा भैल, लिपा भैल, न्हापा दागिं, लिपा दागिं गरी पाँच देवगणले विशेष प्रकारको नाच प्रस्तुत गरिन्छ ।

नेवार समुदायले बजाउने धाँ बाजा, भुस्या बाजा, पुंगा लगायतका बाजाको तालमा भैरव लगायत देवगणहरुले नाच प्रस्तुत गर्ने गरिन्छ । नाचका गुरुका अनुसार सहकाल, रोगव्याधिबाट बच्न-बचाउन तथा प्राकृतिक प्रकोप जस्ता विपदमा बच्न यो नाच प्रस्तुत गर्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट