काठमाडौँ : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ ।
१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्राडा शशांक कोइरालाले लामालाई तरुण दलको अध्यक्ष पदमा मनोनीत गरेका हुन्।
मनोनयन पत्रमा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम लामालाई अध्यक्ष पदमा जिम्मेवारी दिइएको उल्लेख छ। अध्यक्षको रूपमा कांग्रेसको स्थापित मूल्यमान्यता आत्मसात् गर्दै आगामी ६ महिनाभित्र नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गरी संगठनलाई बलियो बनाउने विश्वास लिइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij