Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवन भरतपुरमा कासल एजुकेशन कन्सल्टेन्सीको दोस्रो शाखा उद्घाटन (फोटो फिचर)

चितवन भरतपुरमा कासल एजुकेशन कन्सल्टेन्सीको दोस्रो शाखा उद्घाटन (फोटो फिचर)

चितवन : विदेश अध्ययन र टेस्ट तयारीमा विश्वासिलो नाम कासल एजुकेशन कन्सल्टेन्सीले भरतपुर, चौबिसकोठी, साङ्घाइ प्लाजामा आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। शाखा उद्घाटन गलेश्वर आश्रमका १००८ अन्नतश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी जी महाराजले रिबन काटेर गर्नु भएको थियो। सो अवसरमा चितवन शाखा प्रमुख गणेश श्रेष्ठ, निर्देशक अर्जुन सुनार लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

  

गत जेठदेखि ललितपुर, कुमारीपाटीमा नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको कन्सल्टेन्सीको नयाँ शाखा उज्ज्वल केसी र अर्जुन सुनारले खरीद र नयाँ रणनीतिसहित सञ्चालनमा ल्याउनु भएको हो। कासलले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सही मार्गदर्शन र विश्वव्यापी अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। नयाँ शाखामा आधुनिक पूर्वाधार सहित IELTS र PTE कक्षा, डिजिटल प्रेजेन्टेशन सिस्टम, सराउन्ड साउन्ड सिस्टम, MOCK Lab, अनुभवी शिक्षक र काउन्सेलर, र पूर्ण वातानुकूलित (AC) सुविधा उपलब्ध रहेको निर्देशक अर्जुन सुनारले बताउनुभयो ।

शाखा उद्घाटनको अवसरमा कम्पनीले ५० जना विद्यार्थीहरूलाई निःशुल्क IELTS/PTE कोर्स उपलब्ध गराउने घोषणा पनि गरेको छ। कम्पनीले अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, युरोप, जापान, जर्मनी, चिन लगायत ५० भन्दा बढी देशका विश्वविद्यालय र कलेजसँग सहकार्य गर्दै आएको छ। प्रमुख कार्यकारी अधिकृत उज्ज्वल केसी का अनुसार, “चितवनका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा उपलब्ध गराउन पाउँदा हामी गौरवान्वित छौं।” निर्देशक गणेश श्रेष्ठ भन्छन्, “१८ वर्षको अनुभवलाई स्थानीय स्तरमा पुर्‍याउन पाउँदा हामी उत्साहित छौं। विद्यार्थीहरूले यस अवसरबाट लाभ उठाउन सकुन्।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट