Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

जनजाति समुदायले भने : चौथो गैँडाकोट महोत्सवमा सहभागिता हुन्छ, कुनै विरोध छैन् !

जनजाति समुदायले भने : चौथो गैँडाकोट महोत्सवमा सहभागिता हुन्छ, कुनै विरोध छैन् !


गैँडाकोट : नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैँडाकोटले चौथो गैँडाकोट महोत्सव २०८२ मा महासंघको सहभागिता रहने स्पष्ट पारेको छ। महासंघले बुधबार एक औपचारिक जानकारी पत्रमार्फत यसबारे स्पष्टिकरण दिएको हो।

महासंघका अनुसार यही पौष २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने चौथो गैँडाकोट महोत्सवमा सुरुमा औपचारिक सहभागिता नरहने आशयको पत्र पठाइए पनि पछि महोत्सव मूल आयोजक टिमसँग भएका छलफल, विगतमा भएका केही त्रुटि र गलतफहमीबारे गहन समीक्षा तथा उद्योग वाणिज्य संघसँगको समन्वयपछि सहभागिताको निर्णय गरिएको हो। नेपाल आदिवासी जनजाति महासंघले रेडियो संकेत लगायतका मिडियाहरूलाई बोधार्थ गराउँदै पत्र संख्या ०५२/०५३ र च.नं. ०६४ मिति २०८२/०९/१७ को पत्रमार्फत औपचारिक सहभागिता नहुने जानकारी गराएको थियो। तर, पछिल्लो छलफल र सहमतिपछि उद्योग वाणिज्य संघको पत्र संख्या ०५२/०५३ च.नं. २१० अनुसार सहमति जनाउँदै महोत्सवमा सक्रिय सहभागिता रहने महासंघले जनाएको छ।

महासंघले चौथो गैँडाकोट महोत्सव भव्य र सफल बनाउन आफ्नो तर्फबाट आवश्यक सहकार्य रहने विश्वास व्यक्त गर्दै आदिवासी जनजाति समुदायको पहिचान, संस्कृति र सहभागिता मार्फत महोत्सवलाई थप अर्थपूर्ण बनाउने जनाएको छ। उक्त जानकारी नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैँडाकोटका अध्यक्ष नरबहादुर थापा मगर (नरेश) ले हस्ताक्षर गरी जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट