काठमाडौँ : सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूविरुद्ध आठ वटा उजुरी परेको छ। कात्तिक ९ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो। शुक्रबारसम्म आठ वटा उजुरी परेका हुन्। उजुरी दिने समय कात्तिक १९ गतेसम्म छ ।
गत असोज २० मा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। यसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।
सारू उच्च अदालत पाटनका न्यायाधीश हुन्। पाण्डे उच्च अदालत, पाटनको हेटौँडा इजलासका न्यायाधीश हुन्। डाँगी यसअघि उच्च अदालत, जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij