Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

‘भाइरल गोर्खे’ : सामान्य व्यक्तिको भाइरल यात्रा र सामाजिक सञ्जालको व्यङ्ग्य

‘भाइरल गोर्खे’ : सामान्य व्यक्तिको भाइरल यात्रा र सामाजिक सञ्जालको व्यङ्ग्य

काठमाडौँ : अभिनेता सौगात मल्ल आगामी माघ १ देखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडिएको बताएका छन्। चलचित्रमा एक सामान्य व्यक्तिको भाइरल हुने लालसा र त्यसले निम्त्याउने आरोह–अवरोह समेटिएको छ।

अभिनेता मल्लले चलचित्र केवल टिकटक वा प्लेटफर्म मात्रमा आधारित नभई समाज र परिवेशसँग सम्बन्धित भएकाले प्रस्ताव स्वीकार गरी अभिनय गरेको बताए। उनले भनाए, “भाइरल हुन जति मेहनत गर्नुपर्छ, त्यति नै टिकिरहन मेहनत गर्नुपर्छ।”

अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ पनि चलचित्रमा सामाजिक सञ्जालको सकारात्मक–नकारात्मक प्रभाव र समय सान्दर्भिक कथावस्तुको कारण आकर्षित भएको बताइन्।

निर्देशक निगम श्रेष्ठ द्वारा निर्देशन गरिएको चलचित्रमा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलाल लगायतको अभिनय रहेको छ। चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिन खोजेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट