Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रत्ननगर महोत्सव : रचना रिमालको गीतमा झुमे दर्शक

रत्ननगर महोत्सव : रचना रिमालको गीतमा झुमे दर्शक

रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी रत्ननगर महोसत्सवको १३औँ संस्करणमा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ ।रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा सुरू भएको महोत्सवको तेस्रो दिनसम्म आइपुग्न दिनप्रतिदिन अवलोकनकर्ताहरुको संख्या बढ्दै गएको संघका अध्यक्ष शङ्कर गिरीले बताए । महोत्सव अवलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भव्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् ।

महोत्सव प्रवेश गरेका अवलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातिको घर, कृषि परिसर र सांस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ । आइतबार चर्चित गायिक रचना रिमालसहितका कलाकारको प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिएका थिए ।सोमबार पछिल्लो समय चर्चित गायक अर्जुन सापकोटासहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक प्रकाशमणि सापकोटाले जानकारी दिए ।
यसपटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जलपरी अवलोकन मुख्य आर्कषणको रुपमा रहेको छ । महोत्सव परिसरमा महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रर्वद्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर पहिचान गर्न आयोजना गरिएको रोजगार मेला–२०८२ ले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने गिरीले बताए ।कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।
विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको खनालले बताए ।
पर्यटन प्रर्वद्धनतर्फ खगेरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जीप सफारी सञ्चालन गरिएको छ । महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरुसमेत रहेका छन् ।महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ५०० स्टलहरू रहेका छन् । महोत्सव महोत्सवअन्तर्गत पौष २९ देखि माघ ३ सम्म सौराहाचोकस्थित बसपार्कमा छैटौँ चिकेन एन्ड एग रत्ननगर सांस्कृतिक खाना महोत्सव–२०८२ आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम् संयोजक ज्ञानबहादुर विसुरालले बताए ।

कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट