काठमाडौँ : चलचित्र ‘हन्टर’को छायाङ्कन सकिएको छ । एक्सन ड्रामा जानरामा निर्माण भएको चलचित्रको छायाङ्कन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा खिचिएको निर्माणपक्षले जनाएको छ ।
जीवन सिंहको निर्देशन रहेको चलचित्र क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको हो । निर्देशक सिंहले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गरेका हुन् । ‘हन्टर’ रियल पात्रको कथाबाट इन्स्पायर भएर निर्माण भएको निर्देशक सिंहले बताए ।
चलचित्रमा अरुण क्षेत्री, प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीको अभिनय छ ।
कृष्ण थापाको डीओपी, शुक्रराज शाहको द्वन्द्व , विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको चलचित्रमा बाबुल गिरीको संगीत छ । चलचित्रमा ममता सिंह, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सह–निर्माता छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij