Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

फिल्म ‘आबाट आमा’ ले कमायो ४ करोड ८० लाख

फिल्म ‘आबाट आमा’ ले कमायो ४ करोड ८० लाख

काठमाडौँ : पल शाह र उषा उप्रेतीको मुख्य भूमिका रहेको फिल्म ‘आबाट आमा’ ले अहिलेसम्म ४ करोड ८० लाख कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले २४ गते शनिबारसम्म सार्वजनिक गरेकाे बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ४ करोड ८० लाख ९० हजार ४८७ ग्रस कलेक्सन गर्न सफल भएको छ ।

यो अवधिमा फिल्मको टिकट १ लाख ७६  हजार ५५२ वटा बिक्री भएको छ । चन्द्र पन्तद्वारा निर्देशित सामाजिक कथामा निर्माण भएको फिल्मले आमा र परिवारको कथा उठाएको छ । फिल्ममा त्रिकोणात्मक प्रेमकथा पनि छ । १६ माघ अर्थात गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्ममा पल र उषासहित प्रदीप रावत, विपना थापाको मुख्य भूमिका छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट