सर्लाही : राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आज (मंगलबार) पार्टीमा स्वागत गरेका छन्।
उनले केही दिनअघि रास्वपा छाडेका थिए। हुमागाईंले सातबुँदामा असन्तुष्टि पेस गर्दै राजीनामा दिएका थिए। उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्तालाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको आरोप लगाएका थिए।
“पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिलाई प्राथमिकता दिइएको छ,” उनले भनेका थिए, “गीत गाइरहेका सामाजिक अभियन्ता भनेर हिँहिरहेका, चटकदारहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको छ।” साथै केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न, विधान उल्लंघन आन्तरिक लोकतन्त्रमाथि प्रहार, प्रदेश तथा तल्लो तहको आवाजको बेवास्ता, शीर्ष नेतृत्वमाथि नैतिक प्रश्न र पार्टीको संरचनागत विकृति र निजी स्वार्थ रहेको उनले आरोप लगाएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij