Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

गौशालाबाट रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम सुरु

गौशालाबाट रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम सुरु

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ उपत्यका केन्द्रित  ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गौशालाबाट सुरु भएको छ । पार्टीले   उपत्यकाका तीनै जिल्ला समेट्ने गरी यो कार्यक्रम सुरु गरेको हो । 

एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले जनाएको छ।
पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशालाबाट सुरु भएको यो अभियान बेलुकी ६:३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ।

सार्वजनिक गरिएको रुट म्याप अनुसार पशुपतिनाथबाट सुरु भएको यात्रा चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायक पुग्नेछ।

त्यसपछि जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल हुँदै ललितपुरको पुलचोकमा पुग्ने कार्यक्रम छ। पुलचोकमा दिउँसो १:०० बजे खानाका लागि छोटो समय  छुट्याइएको छ।

दोस्रो चरणमा कालिमाटी (दिउँसो २ः००), टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी, गोङ्गबु हुँदै वनस्थली चोकस्थित ‘घण्टी घर’ ९रास्वपा केन्द्रीय कार्यालय० मा पुगेर कार्यक्रम समापन हुनेछ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij