काठमाडौं : चुनावी माहोल सकिएसंगै निर्माण टिमहरु आफ्नो चलचित्र रिलिज र प्रचारप्रसारमा लागेका छन् । यसैबिच अभिनेता विराज भट्टको बहुप्रतिक्षित मानिएको चलचित्र ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’ को टिजर सार्वजनिक गरिएको छ।
२ मिनेट लामो सार्वजनिक टिजर एक्सनप्रधान छ। केन्द्रमा विराज र उनको एक्सन छ। धेरै एक्सन दृश्य समेटिएको टिजरमा केही सस्पेन्स, प्रेम र थ्रिल पनि छ। निर्देशक माइकल चन्दको निर्देशनमा तयार भएको यो चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रमा विराजका साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ।
माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको चलचित्रको क्रियटिभ निर्माता मोती कार्की हुन् । निर्देशक माइकल चन्दकै कथा र पटकथामा बनेको यो चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन र काला चरणको व्याक ग्राउन्ड म्युजिक छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij