Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बजेटमा खेलकुदका ठूला घोषणा, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भने फेरि ओझेलमा

बजेटमा खेलकुदका ठूला घोषणा, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भने फेरि ओझेलमा

चितवन : सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत खेलकुद पूर्वाधार विकासका लागि महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। बजेटमा देशका प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने, फ्लडलाइटसहित १० वटा फुटबल रंगशाला स्तरोन्नति गर्ने तथा विभिन्न स्थानमा इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने घोषणा गरिएको छ।

खेलकुद क्षेत्रको विकासका लागि सरकारले नयाँ योजना अघि सारे पनि चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषय भने बजेटमा समेटिएको छैन। करिब ३० हजार दर्शक क्षमताको उक्त रंगशाला लामो समयदेखि अधुरै अवस्थामा रहेको छ। राष्ट्रिय गौरवको परियोजनाका रूपमा चर्चा पाएको रंगशालाको निर्माण कार्य रोकिएपछि यसको भविष्यबारे विभिन्न समयमा बहस हुँदै आएको छ। तर यस वर्षको बजेटमा परियोजनालाई सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था वा स्पष्ट कार्ययोजनाबारे कुनै उल्लेख गरिएको छैन।

स्थानीयवासी तथा खेलप्रेमीहरूले नयाँ रंगशाला निर्माणको घोषणा स्वागतयोग्य भए पनि वर्षौंदेखि अधुरो रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गइरहेका बेला अन्तर्राष्ट्रियस्तरको पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ। बजेटमा नयाँ आयोजनाहरू अघि सारिँदा अधुरा र राष्ट्रिय महत्वका परियोजनालाई बेवास्ता गरिएको भन्दै चितवनका खेलप्रेमीहरू निराश बनेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट