Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एसियाली छनोटः दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै

एसियाली छनोटः दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै

काठमाडौंः एसियाली खेलकुद छनोटअन्तर्गत आइतबार नेपालले पहिलो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दैछ। सिंगापुरमा हुने प्रतिस्पर्धा आज बिहान ७ः१५ बजेदेखि सुरु हुँदैछ।

दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन्। यस समूहमा नेपाल र चीनसँगै मलेसिया छन्।नेपाल क्रिकेट संघ क्यानले एसियाली खेलकुद छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टिम घोषणा गरेको छ। केही दिन अगाडि सिंगापुर पुगेको नेपाली टिम दुई दिनको अभ्यासपछि चीनसँग प्रतिस्पर्धाका लागि तयार छ। समूह विजेता बन्दै एसियाली खेलकुदमा छनोट हुने नेपालको लक्ष्य छ।

टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन्। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन्। त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट