Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

स्कुलमा गोली बर्साउनुअघि हजुरबा–हजुरआमाको पनि हत्या गरेका थिए १४ वर्षीय थाई विद्यार्थीले

स्कुलमा गोली बर्साउनुअघि हजुरबा–हजुरआमाको पनि हत्या गरेका थिए १४ वर्षीय थाई विद्यार्थीले

बैंकक : थाइल्यान्डमा १४ वर्षीय एक विद्यार्थीले विद्यालयमा गोली चलाउनुअघि आफ्नै हजुरबा र हजुरआमाको हत्या गरेको प्रहरीले खुलाएको छ । त्यसपछि बैंकक नजिकैको देब्सिरिन नोनथाबुरी विद्यालयमा गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको र १५ जना घाइते भएका छन् । अन्ततः उनले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार किशोरले कम्तीमा २६ राउन्ड गोली चलाएका थिए र उनको साथबाट थप ३४ गोली बरामद भएको थियो । उनले प्रयोग गरेको बन्दुक उनका हजुरबाको रहेको बताइएको छ ।
नोनथाबुरी प्रान्तको बाङ क्रुआई जिल्लामा रहेको विद्यालयमा गोली चल्दा विद्यार्थीहरू आत्तिएर बाहिर भागेका थिए ।

उद्धारकर्मीहरूले घाइते विद्यार्थीको ढाड, छाती र हातमा गोली लागेको अवस्थामा उपचार गरेका थिए । एक पुरुष शिक्षक विद्यालयको माथिल्लो तलामा मृत भेटिएका थिए भने एक महिला शिक्षक छाती र हातमा गोली लागेर घाइते अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट