Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमुख पदाधिकारी पदका लागि आवेदन आह्वान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमुख पदाधिकारी पदका लागि आवेदन आह्वान

काठमाडौँ : दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका प्रमुख पदाधिकारी पदहरूमा नियुक्तिका लागि खुला आवेदन आह्वान गरिएको छ । प्रतिष्ठानले साउन २२ गते एक सूचना जारी गर्दै रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदपूर्तिको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त माग गरेको हो ।

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४’ तथा कार्यकारी परिषद्बाट स्वीकृत पदाधिकारी छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम यी पदहरूमा पदपूर्ति प्रक्रिया अघि बढाइएको प्रतिष्ठानले जनाएको छ ।

योग्यता पुगेका इच्छुक आवेदकहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् आउँदो साउन २८ गते कार्यालय समयभित्र आफ्नो आवेदन दिइसक्नुपर्नेछ । आवश्यक कागजातसहितको दरखास्तको हार्डकपि प्रतिष्ठानको घोराहीस्थित केन्द्रीय कार्यालय वा काठमाडौँको बुद्धनगर, नयाँबानेश्वरस्थित सम्पर्क कार्यालयमा दर्ता गराउन सकिने सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट