काठमाडौँ : रुसको बेलगोरोद सहरमा युक्रेनले रातभर गरेको ड्रोन आक्रमणमा ५ जनाको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् । आइतबार भएको आक्रमणमा सुरुमा ३ जनाको मृत्यु भएको र २५ जना घाइते भएको बताइएको थियो। घाइतेमध्ये दुई बालबालिका पनि छन् । पछि मृतकको संख्या ५ पुगेको हो।
बेलगोरोद क्षेत्रका कार्यवाहक गभर्नर अलेक्जान्डर शुवायेभका अनुसार आक्रमणपछि दुईवटा आवासीय भवनमा आगलागी भएको थियो भने ठूलो संख्यामा आवासीय तथा गैरआवासीय भवनमा क्षति पुगेको छ।
रुसको रक्षा मन्त्रालयले युरोपेली रुसका विभिन्न क्षेत्रमा तथा क्रिमिया, ब्ल्याक सागर र आजोभ सागरमाथि गरी १५० भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ। ब्ल्याक सागरस्थित रुसको प्रमुख निर्यात बन्दरगाह नोभोरोसिस्कमा पनिड्रोनका अवशेष दुईवटा संरचनामा खसेको नगरप्रमुख आन्द्रे क्राभचेन्कोले बताएका छन् । उनले ती संरचना कुन प्रयोजनका थिए भन्ने खुलाएनन् । स्थानीय संकट केन्द्रका अनुसार त्यहाँ तीनवटा आवासीय भवनमा क्षति पुगेको र एक जना घाइते भएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij