चितवन : भरतपुर माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा एक शिक्षकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार आरोपित शिक्षकलाई शनिबार नै नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सार्वजनिक बिदाका कारण आरोपितलाई तत्काल अदालतमा उपस्थित गराउन नसकिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार आरोपितलाई अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गर्ने प्रक्रिया अघि बढाइनेछ। घटना सम्बन्धमा आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij