Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

यौन दुर्व्यवहारको आरोपपछि भरतपुर माविका खेल शिक्षक महतो निलम्बित

यौन दुर्व्यवहारको आरोपपछि भरतपुर माविका खेल शिक्षक महतो निलम्बित

चितवन : यौन दुर्व्यवहारको आरोपमा उजुरी परेपछि भरतपुर माध्यमिक विद्यालयले खेल शिक्षक रन्जेश कुमार महतोलाई निलम्बन गरेको छ। विद्यालयका निमित्त प्रधानाध्यापक दुर्गाराम पौडेलले जारी गरेको विज्ञप्तिमा विद्यालयजस्तो संवेदनशील क्षेत्रमा यौनजन्य दुर्व्यवहारको आरोप लाग्नु दुःखद र गम्भीर विषय भएको उल्लेख गरिएको छ।

विद्यालय प्रशासनले घटनाबारे प्रहरीबाट भइरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ। साथै, पीडितलाई न्याय दिलाउने प्रक्रियामा विद्यालय प्रशासनले आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

विद्यालयले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्ने समेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij