हेटौँडा : बागमती प्रदेश सभाको बैठक आज बस्न नसकेपछि भोलि (भदौ ९ गते) अपराह्न ४ बजेका लागि सारिएको छ।
प्रदेश सभाका सचिव रामकुमार पाैडेलले सोमबार सूचना जारी गर्दै विशेष कारणवश आज राति ८ बजेका लागि निर्धारित बैठक निर्धारित समयमा बस्न नसक्ने जनाएको हो।
प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक भोलि अपराह्न ४ बजे बस्ने गरी पुनः निर्धारण गरेका छन्।
यसअघि मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे बैठक बोलाइएको थियो। तर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको विवादका कारण बैठकको समय पटक–पटक सारिएको थियो।
पहिले दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेका लागि सारिएको थियो। ५ बजे पनि बैठक बस्न नसकेपछि राति ८ बजेका लागि समय तोकिएको थियो। अन्ततः आजको बैठक स्थगित गरी भोलि बस्ने गरी नयाँ समय निर्धारण गरिएको हो।भोलिको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची अघि बढ्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij