Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई  विश्वासको मत प्राप्त

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई  विश्वासको मत प्राप्त

हेटौँडा :   बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा उहाँको पक्षमा ५७ मत परेको हो। विपक्षमा भने कुनै मत परेन।
१०४ सदस्यीय प्रदेशसभामा ५८ जना सांसद बैठकमा उपस्थित थिए। सभामुख पद रिक्त रहेकाले उपसभामुखले बैठकको अध्यक्षता गर्नुभएको थियो। मतदानमा बैठकको अध्यक्षता गरिरहनुभएकी उपसभामुखबाहेक उपस्थित सबै ५७ सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका हुन्।
मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको थियो। सरकार गठनका लागि १०४ सदस्यीय प्रदेशसभामा ५३ सांसदको समर्थन आवश्यक पर्छ।
विश्वासको मतको पक्षमा नेकपा एमालेका २४, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का ७ सांसदले मतदान गरेका छन्।
प्रदेशसभामा रहेका नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का ३ र हाम्रो नेपाली पार्टी ९हानेपा०का २ गरी ४१ सांसद भने बैठकमा अनुपस्थित रहे। नेपाली कांग्रेसले आफ्ना सांसदलाई विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन ह्विप जारी गरेको थियो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको वक्तव्यमा मुख्यमन्त्री थापाको नियुक्तिसम्बन्धी मुद्दा उच्च अदालत पाटन, हेटौंडा इजलासमा विचाराधीन रहेको उल्लेख गरिएको छ। संविधानको धारा १९१ अनुसार अदालतमा विचाराधीन विषयमा प्रदेशसभामा छलफल वा प्रक्रिया अघि बढाउन नमिल्ने भन्दै कांग्रेसले आफ्ना सांसदलाई प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको हो।
विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा एमालेका जगन्नाथ थपलिया, नेकपाका शालिकराम जम्मकट्टेल र राप्रपाका उद्धव थापाले भाग लिनुभएको थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट