काठमाडौँ : चीनले तिब्बतमा बाढी प्रभावितहरूको उद्धार कार्य फेरि थालेको छ । चीनको सरकारी टिभी सीसीटीभीलाई उद्धृत गर्दै बीबीसीले छापेको समाचार अनुसार पानी थुनिएर बनेको तालबाट पानी तलतिर झर्न रोकिएपछि उद्धार कार्य सुचारु गरिएको हो ।
यसअघि भने चीनले तालबाट बाढीको जोखिम बढेको भन्दै तीन घण्टा जति उद्धार कार्य रोकेको थियो । भोटेकोशीमा आएको बाढीका कारण तिब्बतको सीमावर्ती क्षेत्रमा ५५० भन्दा धेरै मानिस हराइरहेको बताइएको छ । यीमध्ये २६० जना कैलाश मानसरोवर जान लागेको तीर्थयात्री भएको बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij