Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको छ : विदेशमन्त्री वाङ

चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको छ : विदेशमन्त्री वाङ

काठमाडौँ : चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर खनालसँग शनिबार टेलीफोनमार्फत यही भदौ १० गते गएको भएको हिमस्खलन र यसले निम्त्याएको विपत्तिबारे कुराकानी गरेका चिनियाँ विदेश मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण नेपालमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी र डुवानका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा व्यापक भौतिक तथा मानवीय क्षति पुगेको थियो ।

उनले ‘चीन र नेपालबीचको केरूङ–रसुवा सीमा नाका क्षेत्रमा हालै गम्भीर विपद् आएको, जसले ठुलो जनधनको क्षति पुर्‍याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएकोमा नेपाल र नेपाली जनतालाई परेको पीडाबारे गहन कुराकानी भएको बताइएको छ ।


उनले चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको पनि बताए । चिनियाँ विदेशमन्त्री वाङले भने, 'हामीले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौँ । यो छिट्टै कार्यान्वयन हुनेछ ।'

नेपाललाई दिइने चीनको सहायता प्याकेज कार्यान्वयन भइरहेको र यसमा आपत्कालीन नगद सहायता र मानवीय सहायता समावेश रहने विदेश मन्त्रालयले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट